Logo
११ मंसिर २०८१, मंगलबार
(March 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने दुई जना प्रहरी फान्दामा

काठमाडौँ  : अनलाइन नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने दुई विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसरको टोलीले नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने भारतका तरसेम शर्मा र बंगलादेशका राहत हसन राणालाई चैत ७ गते पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

शर्मा र राणाले फोरक्स अनलाइन मनी मार्केट कम्पनीमा रहेको वेस्टर्न एफएक्स कम्पनीको नेपाली एजेण्ट भएको भन्दै ठगी गरेको अनुसन्धानमा खुल्न आएको परिसरका प्रवक्ता मोहन थापाले जानकारी दिए ।

शर्मा र राणाले चार पाँच महिना अगाडि नेपाल प्रवेश गरेर कम्पनीमा लगानी गरे २० देखि ६० प्रतिशतसम्म फाइदा हुन्छ भन्दै ठगी गरेका थिए । उनीहरुबाट २० जनाभन्दा बढी व्यक्ति ठगिएको अनुसन्धानमा खुल्न आएको प्रवक्ता थापाले बताए ।

“नेपालमा दर्ता नभएको कम्पनीले जति लगानी ग¥यो त्यति धेरै नाफा हुने भन्दै पीडितलाई कुनै प्रमाणसम्म नदिएर ठगी गरेको पाइएको छ”, प्रवक्ता थापाले भने ।

प्रकाशित मिति: Mar 26, 2018

प्रतिक्रिया दिनुहोस्