Logo
५ आश्विन २०८१, शनिबार
(March 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरीमा आईजीपी परिवर्तन हुँदै, नेतृत्व लिन डीआईजीहरुको लबिङ् सुरु

काठमाडौं : नेपाल प्रहरीमा नेतृत्व परिवर्तन हुन लागेको छ । तीन सातापछि नेपाल प्रहरीमा नेतृत्व परिवर्तन हुनै लाग्दा प्रहरी महानिरीक्षक (आईजीपी) का लागि तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु प्रतिस्पर्धामा रहेका छन् ।

उनीहरुले नेतृत्व हडप्न भरपूर्र प्रयाश गरिरहेका हुन् । डीआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की आईजीपीका प्रमुख दाबेदारका रुपमा छन् ।

वरीयतामा अहिले खनाल अगाडि रहेकाछन् । खनालपछि खरेल र कार्की छन् । यी तीनै जना २९ माघ ०४६ मा प्रहरी निरीक्षक बनेका थिए ।

खनाल र कार्की प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका भए पनि खरेल भने प्रहरी सहायक निरीक्षक (असई) बाट सेवामा प्रवेश गरेका हुन् ।

१ फागुन २०४५ मा असईमा सेवा प्रवेश गरेका खरेल, खनाल र कार्कीसँगै इन्स्पेक्टर बन्न सफल भएका थिए । खनाल, खरेल र कार्कीसँगै प्रहरी निरीक्षक बनेका उत्तम कार्की पनि आईजीपी बन्न लबिङ गरिरहेका छन् ।

डीआईजीको वरीयतामा उत्तम कार्की चौथो नम्बरमा छ । आगामी २८ चैतमा नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुँदै छ, यी मध्ये कसले नेतृत्व सम्हाल्ने हुन त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति: Mar 26, 2018

प्रतिक्रिया दिनुहोस्