Logo
५ आश्विन २०८१, शनिबार
(March 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न दिल्ली आतुर

काठमाडौं : प्रधानमन्त्री केपी ओलीलाई चैत तेस्रो साता दिल्लीमा स्वागत गर्न दिल्ली आतुर देखिएको छ । नेपालमा करिब दुईतिहाइ बहुमतनजिकको वामपन्थी सरकारलाई उच्च महत्व दिँदै दिल्ली ओलीको स्वागतका निम्ति आतुर देखिएको हो ।

विगतमा मधेसको सीमांकनको माग सम्बोधन हुनुपर्ने अडान राख्दै आएको दिल्लीले अहिले आफ्नो धारणा समेत फेरेको जानकारहरु बताउछन् । उसले सबै पक्ष सहभागी भएको निर्वाचन जनादेशको स्वागत गर्दै प्रधानमन्त्रीको स्वागत दिल्लीमा गरी नेपालको विकास र राजनीतिक स्थायित्वमा सघाउने तयारी गरेको छ ।

भारतका विदेश राज्यमन्त्री जनरल भिके सिंह, विदेश मन्त्रालयका प्रवक्ता रविसकुमार र भारतका नेपाल र भुटान डेस्क हेर्ने नर्थ डिभिजनका सहसचिव सुधाकर दलेलाले हालै मात्र नेपाली सचारमाध्यमका प्रतिनीधिहरुसँग साक्षत्कार गरेका थिए ।

भारतीय प्राथमिकता र चासोबारे साक्षत्कार केन्द्रीत थियो । सो अवसरमा नेपाल–भारत सम्बन्ध सदृढका निम्ति नरेन्द्र मोदी नेतृत्वको भारतीय सरकार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका निम्ति आतुर रहेको बताएका थिए । साथै दुवै देशका सञ्चारमाध्यममा नेपाल–भारत सम्बन्धमा चीनलाई अनावश्यक जोडिएको र त्यो यथार्थपरक नभएकोसमेत स्पष्ट पारेका थिए ।

नेपाल–चीन सम्बन्ध वा नेपालको अन्य देशसँगको सम्बन्धबारे भारतलाई चिन्ता नरहेको, बरु नेपालको नयाँ सरकारसँग भारतले काम गर्न चाहेको भारतीय अधिकारीहरुको भनाई रहेको छ । केही दिन भित्रै प्रधानमन्त्री ओलीले गर्ने भारतको राजकीय भ्रमणमा विगतको तीतो सम्बन्ध बिर्सिएर ओलीलाई रिझाउने भारतको प्रयास हुने देखिन्छ ।

प्रकाशित मिति: Mar 26, 2018

प्रतिक्रिया दिनुहोस्