Logo
११ मंसिर २०८१, मंगलबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो देखियो सेतो मत्स्येन्द्रनाथको रथ यात्रा (फोटोफिचर)

काठमाडौं । चैत्र शुक्ल अष्टमीका दिन सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथ यात्रा शुरु भएको छ । आइतबार तीनधारा पाठशालाबाट शुरु हुने रथयात्रालाई असनसम्म, दोस्रो दिन असनबाट कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पु¥याइन्छ । चौथो दिन अर्थात् चैत्र शुक्ल एकादशीका दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मत्स्येन्द्रबहालसम्म यात्रा चलाइन्छ ।

मत्स्येन्द्रबहालमा रथ ल्याएपछि पूजा गरी प्रसाद खाइन्छ । यसपछि घर घरमा भोज खाने चलन छ । यो विधि अपनाएमा देशमा अनिकाल हटी सहकाल आउँछ भन्ने स्वयम्भू पुराणको बुद्धवचनमा उल्लेख छ । आइतबार बिहान अष्टमी हुँदा नै सूर्योदय हुने भएकाले सेतो मत्स्येन्द्रनाथको रथयात्रा पनि आजै शुरु हुने छ ।

हेर्नुस् बिभिन्न तस्विरहरु :

काठमाडौँको तीनधारा पाठशालाबाट शुरु भएको सेतो मच्छिन्द्रनाथको रथ यात्रा घण्टाघर अगाडि ल्याई पु¥याउँदै स्थानीय जात्रालु तथा गुठीयारहरु ।
काठमाडौँको तीनधारा पाठशालाबाट शुरु भएको सेतो मच्छिन्द्रनाथको रथ यात्रा घण्टाघर अगाडि ल्याई पु¥याउँदै स्थानीय जात्रालु तथा गुठीयारहरु ।
काठमाडौँको तीनधारा पाठशालाबाट सेतो मच्छिन्द्रनाथको रथलाई जात्रा गर्दै स्थानीय जात्रालु तथा गुठीयारहरु ।
काठमाडौँको तीनधारा पाठशालाबाट सेतो मच्छिन्द्रनाथको रथ यात्रा गर्दै स्थानीय जात्रालु तथा गुठीयारहरु ।
काठमाडौँस्थित जनबहालमा रहेको सेतो मच्छिन्द्रनाथ । आइतबार मूर्तिलाई तीनधारा पाठशालामा निर्माण गरिएको रथमा राखेर जात्राका लागि लगिँदै ।
काठमाडौँको तीनधारा पाठशालाबाट सेतो मच्छिन्द्रनाथको रथ जात्राको क्रममा धिमेबाजा बजाउँदै जात्रालु युवायुवती ।

तस्विरहरु : रासस

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्