Logo
४ आश्विन २०८१, शुक्रबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चैते दशैँ र रामनवमीको अवसरमा यस्तो देखियो भक्तजनको घुइचो (फोटो-फिचर)

चैते दशैँ र रामनवमीको अवसरमा देशभर भक्तजनका घुइचो देखिएको छ । दुवै पर्व एकै दिन भएकाले पनि भक्तजनहरुको उच्च उपस्थितीमा घुईचो देखिएको हो । काठमाडौँ स्थित बत्तीसपुतलीस्थित राम मन्दिर सहित बिभिन्न स्थानमा दर्शकहरुको घुइचो देखिएको हो ।

आइतबार चैत्र शुक्ल नवमी अर्थात रामनवमीको दिन आइतबार पूजा आराधनाका लागि लागेको भक्तजनहरु लामवद्ध देखिएका हुन् । त्यस्तै पोखरा स्थित लेखनाथ महानगरपालिका–१७ विरौटास्थित राममन्दिर परिसरमा भक्तजनहरु पूजापाठ गर्न पुगेका थिए ।

हुर्नुस् देशभरका थरी-थरीका तस्विर :

रामनवमी पर्वको उपलक्ष्यमा पोखरा लेखनाथ महानगरपालिका–१७बmउस विरौटास्थित राममन्दिरमा आइतबार पूजापाठ गर्दै भक्तजन ।
रामनवमीका अवसरमा कञ्चनपुरको भीमदत्तनगरपालिकाको चुरे क्षेत्रस्थित विष्णु मन्दिरमा लागेको मेला । विष्णु मन्दिर क्षेत्रलाई धार्मिकजनहरुले साकेतधामका नामले समेत चिन्दछन ।
बैतडीको देहीमाडौँस्थित प्रसिद्ध निंगलासैनी भगवती मन्दिरमा आइतबार लागेको भक्तजनहरुको भीड । सो मन्दिरमा भक्तजनहरु बोका र राँगाको बलीसहित पूजा गर्दछन ।
बैतडीको देहीमाडौँस्थित प्रसिद्ध निंगलासैनी भगवती मन्दिरमा आइतबार लागेको भक्तजनहरुको भीड । सो मन्दिरमा भक्तजनहरु बोका र राँगाको बलीसहित पूजा गर्दछन ।
चैते दशैँको अवसरमा बागलुङ कालीका भगवती मन्दिरमा पूजा आराधना गर्न पुगेका भक्तजन भक्तजन ।
काठमाडौँको बत्तीसपुतलीस्थित राम मन्दिरमा आइतबार चैत्र शुक्ल नवमी अर्थात रामनवमीको दिन आइतबार दीप प्रज्वलन गर्दै भक्तजन ।
काठमाडौँको बत्तीसपुतलीस्थित राम मन्दिरमा आइतबार चैत्र शुक्ल नवमी अर्थात रामनवमीको दिन आइतबार पूजा आराधनाका लागि लागेको भक्तजनको भीड ।
काठमाडौँको बत्तीसपुतलीस्थित राम मन्दिरमा आइतबार चैत्र शुक्ल नवमी अर्थात रामनवमीको दिन आइतबार पूजा आराधनाका लागि लागेको भक्तजनको भीड ।

तस्वीरहरु : रासस

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्