Logo
६ कार्तिक २०८१, मंगलबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरमा आगलागी हुँदा तीन लाख बराबर धनमालको क्षति

राजविराज : सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित गोविन्दपुरमा गएराति आगलागी हुँदा रु तीन लाख बराबरको धनमाल क्षति भएको छ ।

स्थानीय रमानन्द झाको घरमा खाना पकाउने क्रममा आगलागी हुँदा निजको एउटा घर र एउटा गाई गोठ जलेर नष्ट भएको छिन्नमस्ता इलाका प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र नगद जिन्सी गरी रु तीन लाख मूल्य बराबरको क्षति भएको छ भने आगोलाई प्रहरी, स्थानीयवासी र राजविराज नगरपालिकाबाट गएको वारुण यन्त्रले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्