Logo
५ आश्विन २०८१, शनिबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ईयूले नेपालीलाई ‘अन्डरमान्ड’ गर्‍यो, प्रतिवेदन सच्याउनु पर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले यूरोपियन यूनियन (ईयू)ले सार्वजनिक गरेको प्रतिवेदनले नेपाल र नेपालीलाई हेपेको र ‘अन्डरमाइन्ड’ गरेको महसुस भएको बताएका छन् । ‘ईयूले आफ्नो प्रतिवेदन सच्याउला भन्ने लागेको थियो। तर झन् जिद्दीपन देखायो,’ उनले भने, ‘म एउटा सार्वभौम देशको प्रधानमन्त्रीको नाताले भन्छु त्यो प्रतिवेदन सच्याउनु पर्छ ।’

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले आयोजना गरेको पर्यवेक्षण मूल प्रतिवेदन लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले १५ प्रतिशत जनता विदेशमा भएको देशको ८० प्रतिशत नागरिकले गरेको मतदानमा कसैले प्रश्न गर्न नहुने भन्दै भने, ‘८० प्रतिशत नागरिकले मत खसालेका छन् । के त्यो सचेत नभएर हो ? हाम्रो १५ प्रतिशत नागरिक त विदेश मै छन् ।’

ओलीले गएको निर्वाचनमा निर्वाचन आयोगले राम्रो काम गरेको बताउँदै कहिले काँही भने नचाहिँदो काममा डिस्टर्ब गरेको बताएका थिए । उनले पर्यवेक्षणको नाममा होस् या अन्य केही नाममा नेपालीहरुले हासिल गरेका उपलब्धीहरु र सामाजिक प्रबन्धहरुलाई अन्डरमाइन्ड हुने काम कहि कतैबाट हुन नहुने स्पष्ट पारे ।

‘पर्यवेक्षणको नाममा धर्म प्रचार गर्न आएका कतिलाई हामीले फिर्ता पठाएका थियौं त्यसैको प्रतिशोध लिने काम ईयूबाट भएको छ,’ उनले भने ।

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्