Logo
६ कार्तिक २०८१, मंगलबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बन्द आह्वान गरिएको क्षेत्रमा मन्त्री सवार गाडीमा बम प्रहार

विराटनगर : प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरे चढेको गाडीलाई लक्षित गरी मोरङको पथरी शनिश्चरेमा बम प्रहार भएको छ । आइतबार बिहान विराटनगरबाट झापा जाँदै गरेका मन्त्री घिमिरे चढेको गाडीनजिक सुतली बम विस्फोट गराइएको मोरंग प्रहरीले जनाएको ।

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वले बन्दको आह्वान गरेकोमा उक्त बम प्रहार हुनुले घटनामा उक्त समूहकै संलग्नता हुनसक्ने प्रहरीले शंका गरेको छ । प्रहरीले हाल उनीहरुको खोजी गरीरहेको छ ।

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्