Logo
४ आश्विन २०८१, शुक्रबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वराजा ज्ञानेन्द्र शाहको पूर्वी दौडाह : आइतवार बिराटनगर तर्फ,

काठमाडौं : नेपालको पूर्वी क्षेत्रको दौडाहमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह आइतवार धार्मिक कार्यको लागि विराटनगर प्रस्थान गर्दै छन् । विगत केही दिन देखि झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र आइतबार विराटनगर प्रस्थान गर्न लागेका हुन ।

रामनवमीका अवसरमा विराटनगरस्थित रामजानकी मन्दिरमा पुजाका लागि उनी विराटनगर जान बुझिएको छ। पूर्वराजा शाह पत्नी कोमलका साथ बिगत ३ हप्ता यता झापाको दमकस्थित हिमालयन टि स्टेट गार्डेनमा रहँदै आएका छन्।

विराटनगरमा आइतवार हुने पुजाआजाको कार्यक्रम सकेपछि उनी फेरि झापा गएर एकाध दिनमै काठमाडौं फर्कने बुझिएको छ । विराटनगर स्थित ठाकुरबाडी रोडमा अवस्थित रामजानकी मन्दिरमा दर्शन र पुजाआजाका लागि पूर्वराजा विरानगर पुगेका हुन्। झापाबाट विराटचौक हुँदै विराटनगर पुग्ने र ३ बजे पुजा गर्ने कार्यक्रम छ।

शाहले रामजानकी मन्दिरका साथै मेनरोडमा रहेको कालीमन्दिरको पनि दर्शन र पुजाआजा गर्नेछन्। यी दुई शक्तिपीठको दर्शनपछि उनी केहीसमय तीनपैनीस्थित होटल ह्यारिसनमा रहनेछन्।

स्रोतका अनुसार विराटनगर बसाईंका क्रममा पूर्वराजाले आफू समर्थकहरुसँग भेटघाटको कार्यक्रमपनि बनाएका छन्। भेटघाट तीनपैनीस्थित होटल ह्यारिसनमा नै हुने बताइएको छ। भेटघाटपछि उनी साँझ करिब ५ बजे झापा फर्कनेछन्।

आइतवार विराटनगरमा उनी उपस्थित हुने कार्यक्रम झापा बसाईंको क्रममा भएको दोस्रो सार्वजनिक कार्यक्रम हो। यसअघि फागुन अन्तिम साता उनी यस्तै पुजाआजाको कार्यक्रमका लागि सुनसरी जिल्लाका दुई धार्मिक केन्द्र पुगेका थिए।

२९ फागुनमा चक्रघट्टीस्थित लक्ष्मी बैंकटेश्वर मन्दिर र रामधुनी मन्दिर पुगेर उनले पुजाआजा गरेका थिए।

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्