Logo
५ आश्विन २०८१, शनिबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संयोग पनि कस्तो : राष्ट्रपति IA फेल, प्रधानमन्त्री SLC, उपराष्ट्रपति टेष्ट र परराष्ट्र मन्त्री ९ कक्षा फेल

काठमाण्डौं  : त्यसो त राजनीति मात्रै एउटा यस्तो क्षेत्र जहाँ शिक्षालयको प्रमाणपत्रले होइन जनताले दिलाएको प्रमााणपत्रको बढी कदर हुन्छ । तर यतिबेला शैक्षिक प्रमाणपत्रको निकै चर्चा चलेको छ त्योपनि राष्ट्रपतिदेखि परराष्ट्र मन्त्रीसम्मको नाममा ।  ‘नेपालको यो विशेषता कारण छन्। राष्ट्रपति आईए फेल, प्रधानमन्त्री एसएलसी, उपराष्ट्रपति टेष्ट र परराष्ट्र मन्त्री नौ कक्षा फेल तर, तिनले नै सत्ता चलाउने देश बिरलै छन्। उनीहरुको पदको रवाफ र बुद्धिको कर्कस देखाउने ठाउँ उद्घाटन समारेह भन्दा अर्को छैन’, यो हो पत्रकार अच्यूत वाग्लेको ट्विट।

बिहीबार वाग्लेले गरेका ट्विटले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलीसँग उच्च तहको औपचारिक शिक्षा नभएको विषयलाई उठान गरेको छ। पढ्दा सामान्य लाग्ने पत्रकार वाग्लेको ट्विटविरुद्ध धेरैले आलोचना र आक्रोश मिश्रित प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमा सक्रिय रहेका मन्त्री ज्ञवालीले भने बिहीबार दिउँसो पत्रकार वाग्लेलाई ट्विटरमै सालिन जवाफ फर्काएका छन्।

मन्त्री ज्ञवालीले सुकरातको भनाइ उल्लेख गर्दै पत्रकार वाग्लेलाई आफ्नो पढाइबारे शब्द खर्चिएकोमा धन्यवादसहित जवाफ दिएका हुन्। ट्विटरमै ज्ञवालीले दिएको जवाफमा भनेका छन् ‘धन्यवाद वाग्ले सर, मेरो पढाइबारे केही शब्द खर्चिनु भएकोमा। सुकरातले भनेका थिए रे–‘म एउटै कुरा जान्दछु, त्यो के हो भने म केही पनि जान्दिनँ।’ उनको यही भनाइले मलाई प्रेरित गरिरहन्छ र म सरहरुसँग सिकिरहन चाहन्छु, जिन्दगी भर।’

पत्रकार वाग्लेको ट्विट र मन्त्री ज्ञवालीको जवाफ सबैले बुझ्ने भाषामा भएकाले यहाँ थप व्याख्या गर्नुपर्ने आवश्यकता छैन। यद्यपी पत्रकारको ट्वीट र मन्त्रीको जवाफले औपचारिक शिक्षा ठूलो कि अनौपचारिक अध्ययन र अनुभव ठूलो भन्ने बहसलाई ब्यूताएको छ। पक्ष र विपक्षमा जतिपनि तर्क गर्न सकिन्छ। पार्टी सदस्य, विश्वविद्यालयको व्यापारीले मात्र सहभागिता जनाए यो विषयमा सच्चा बहस नहुन सक्छ। बहसको निष्कर्ष तर्कले निकाल्छ। फेरि बहसको अन्त्य पनि कहिल्यै हुँदैन। संसारमा पढेकै मान्छे मात्र पदमा छन् भन्ने तर्क व्यवहारिक हुँदैन। अनुभवले पदमा पुगेर विश्व हल्लाउने महान व्यक्ति पनि कम छैनन्। यद्यपी अनुभवको अभ्यास गर्न सक्ने चलायमान क्षमता भने त्यस्ता व्यक्तिमा देखिन्छ।

पत्रकारको ट्विट मन्त्रीको जवाफ, आम ट्विटर प्रयोगकर्ताको सहभागिताले यो बहसलाई नयाँ मोड दिएको छ। यो बहसमा पत्रकारको ट्विटप्रति आक्रोश व्यक्त गर्नेको संख्या बढी छ। तर्क आउँन सक्छ। मन्त्रीलाई चाकडी गरे। त्यो मात्र होइन। यहाँ मन्त्रीको मात्र कुरा छैन।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीको औपचारिक शिक्षामा प्रश्न उठाइएको छ। यो लाइनको बहसले सम्पूर्ण देशलाई नै कमजोर बनाउने तर्क पनि गर्न सकिन्छ। अहिलेसम्म वाग्लेको ट्वीटलाई १६१ लाइक, ८४ रिट्विट, १११ जनाले रिप्लाई गरेका छन्। रिप्लाई गर्ने अधिकांशले वाग्लेको आलोचना गरेका छन् भने कतिपयले हरेक विषयलाई औपचारिक शिक्षासँग जोड्नु नहुने तर्क गरेका छन्।

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्