Logo
४ आश्विन २०८१, शुक्रबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विष्णु मोक्तान तामाङ पत्रकार संघमा निर्विरोध निर्वाचित

काठमाडौं : विष्णु मोक्तान तामाङ पत्रकार संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । तमु बौद्ध संघको सभाहलमा हालै सम्पन्न पाँचौ महाधिवेशनबाट मोक्तान निर्विरोध निर्वाचित भएका हुन् ।

खोटाङका मोक्तान हाल नागरिक दैनिकमा कार्यरत छन् भने उनले पत्रकारीतामा स्नातक उत्तिर्ण गरिसकेका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि मोक्तानले तामाङ पत्रकार संघलाई संघीय संरचनामा लैजाने र तीन वर्षको खाका बनाएर ऐतिहासिक काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

संघको महिला उपाध्यक्षमा लक्ष्मी रुम्बा र पुरुष उपाध्यक्षमा सुवाष योञ्जन निर्वाचित भए। महासचिवमा बुद्ध योञ्जन, सचिवमा पेमा लामा, कोषाध्यक्षमा तीर्थमान वल निर्वाचित भएका छन् । खुल्ला केन्द्रीय सदस्यमा महिलातर्फ डोल्मा छिरिङ तामाङ, रोजिना तामाङ, बबिता घिसिङ र पुरुष खुल्लातर्फ लालकुमार मोक्तान, नेत्र तामाङ मोक्तान, सुरेन्द्र तामाङ, स्वतन्त्र तामाङ र सरस्वती तामाङ रहेका छन् ।

सञ्चार समूहका निवर्तमान अध्यक्ष जगत दोङलाई पदेन सदस्यको जिम्मेवारी चयन गरेको छ । त्यसैगरी महाधिवेशनले प्रदेश १, २ र ३ मा समेत सदस्य चयन गरेको छ । यसरी सदस्य चयन हुनेहरुमा प्रदेश १ मा पुरुषबाट विक्रम तामाङ, विश्वराज तामाङ र महिलामा मालती मोक्तान रहेका छन् ।

त्यसैगरी प्रदेश २ मा बमबहादुर बमजन रहेका छन् । प्रदेश ३ मा पुरुषतर्फ उर्गेन लामा, सुभराज बम्जन, शिशिर दोङ र महिलातर्फ अन्जु दिम्दुङ, दुदुमाया सिङतान रहेका छन् ।

महाधिवेशनले तामाङ सञ्चार समूहको नाम महाधिवेशनबाट परिवर्तन गरी तामाङ पत्रकार संघ राख्ने तय गरेको नवनिर्वाचित अध्यक्ष मोक्तानले जानकारी दिए ।

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्