Logo
२९ कार्तिक २०८१, बिहीबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले नपत्याएपछि चीनसँग नजिँदै फोरम, मेसो मिलाउन १५ जना नेता चीन तिर 

काठमाडौं: संघीय समाजवादी फोरम नेपालका १५ जना नेताहरु आइतबार चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा फोरमका सात सांसद र आठ केन्द्रीय सदस्य त्यसतर्फ जान लागेका हुन् । अर्को मधेश केन्द्रित पार्टी राजपा नेपाल भारत निकट भएपछि फोरम भने चिनियाँ निकट बन्न लागिएका हुन् ।

यहाँका प्रायः सबै दल कुनैनकुनै शक्ति निकट मानिन्छ फोरमले आफुलाई समाजवादी पार्टी दावी गरिएतापनि उसलाई जनताले भने कम्युनिस्ट पार्टीकै रुपमा मानेका छन् । भारतले फोरमलाई बिगतदेखि नै पत्याएका छैनन् ।

भ्रमणमा जाने सात सांसदमध्ये ४ जना प्रतिनिधिसभा, दुईजना प्रदेशसभा र एकजना राष्ट्रियसभाका छन् । फोरमको १५ सदस्यीय टोलीको नेतृत्व उपाध्यक्ष रेणु यादवले गर्नेछिन् । प्रतिनिधिसभा सदस्यहरु रेणु यादव, प्रदीप यादव, रामबाबु यादव र सुरेन्द्र यादव, प्रदेशसभा सदस्यद्वय जयराम यादव र रणध्वज लिम्बु तथा राष्ट्रियसभा सदस्य रामप्रीत पासवान चीन जाने तय भएको छ ।

त्यस्तै, केन्द्रीय सदस्यहरू अर्जुन थापा, सञ्जय सिंह, भूराज राई, रामआशिष यादव, शेषनारायण यादव, दिनेशकुमार यादव र मिलनकुमार यादव चीन जाँदैछन् ।

टोलीको नेतृत्व गर्दै चीन जान लागेकी पार्टी उपाध्यक्ष यादवले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणा चुनावअघि नै आएको बताइन् । उनले भनिन्, ‘चुनावमा व्यस्त हुनुपरेकाले त्यतिबेला जान सकेनौं। अहिले जान लागेका हौं ।’ मधेस केन्द्रित दललाई चीनले प्राथमिकतामा राखेको उनले बताइन् ।

भ्रमणका क्रममा टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू, चीन सरकारका मन्त्री, बेइजिङ महानगरपालिकाका प्रमुखसँग भेट गर्ने कार्यक्रम छ ।

सातदिने भ्रमणका लागि निस्किने टोली गोन्जाउ, गुल्याङ हुँदै बेइजिङ पुग्नेछ । टोलीमा सहभागी हुन लागेका सांसद प्रदीप यादवले भने, ‘चीनले नेपालसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको देखिएको छ।’आजको नागरिक दैनिकमा खबर छापिएको छ ।

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्