Logo
२७ पुस २०८१, शनिबार
(March 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादीबाट मन्त्री बन्नेहरुको इञ्चार्ज पद खोसियो

काठमाडौं : माओवादी केन्द्रकाे शनिबार बसेकाे हेडक्वाटर बैठकले प्रदेश इञ्चार्ज हेरफेर गरेको छ । शनिबार बिहान अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको बैठकले पाँचवटा प्रदेशका इञ्चार्ज हेरफेर गरेको हो । प्रदेश इन्चार्जकाे हैसियतमा हुँदा मन्त्री बनेकालाइ माअाेवादीले जिम्मेवारीबाट हटाएकाे हाे । माअाेवादी बैठकले दुइ वटा प्रदेशका इन्चार्ज यथावत राख्ने निर्णय गरेकाे छ ।

त्यस्तै, बैठकले पार्टी एकताको तयारीका लागि बैशाख १५ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘पार्टी एकता तयारीका लागि १५ गते बैठक बोलाउने निर्णय भएको छ’, उनले भने । श्रेष्ठले दुईवटै कार्यदलले दुई दिनभित्र एकता संयोजन समितिलाई प्रतिवेदन बुझाउने जानकारी दिए ।

प्रदेश एकमा राम कार्की इञ्चार्ज तोकिएका छन्। यसअघिका इञ्चार्ज गोपाल किराँतीले पार्टी परित्याग गरेपछि उनको ठाउँमा कार्कीलाई ल्याइएको हो । यस्तै, प्रदेश दुईमा विश्वनाथ शाह इञ्चार्ज तोकिएका छन् । यसअघि प्रदेश दुइमा मातृका यादव संयोजक थिए । उनी उद्याेगमन्त्री बनेपछि शाहलाइ इन्चार्ज ताेकिएकाे हाे ।

प्रदेश तीन इन्चार्जमा हितमान शाक्यलाइ यथावत राखिएकाे छ । उनी काठमाडाैं १० बाट चुनामा पराजित भएका थिए । ४ नम्बर प्रदेशमा देव गुरुङको ठाउँमा हितराज पाण्डे इञ्चार्ज तोकिएका छन् । पाँच नम्बर प्रदेशमा वर्षमान पुनको ठाउँमा मणि थापा इञ्चार्ज ताेकिएका छन् । पुन उर्जामन्त्री भइसकेका छन् ।

प्रदेश ६ मा पनि इञ्चार्ज हेरफेर गरिएको छ । उक्त प्रदेशमा शक्ति बस्नेतका ठाउँमा जनार्दन शर्मालाई इञ्चार्जको जिम्मेवारी दिइएको छ । बस्नेत वन तथा वातावरण मन्त्री भएका छन्। सात नम्बर प्रदेशमा लेखराज भट्टलाई नै निरन्तरता दिइएको छ ।

प्रकाशित मिति: Mar 24, 2018

प्रतिक्रिया दिनुहोस्