Logo
२७ पुस २०८१, शनिबार
(March 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत जानु अघि नै पार्टी एकता गर्ने ओलीको प्रस्तावपछि ताते माओवादी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण अघि नै एमाले र माओवादीबीच पार्टी एकता गर्ने प्रस्ताव अघि सारेका छन् । माओवादीको बैठकमा यसबारे यो कुरा खुलेको छ । बैठक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको हो ।

उक्त बैठकमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीबाट यस्तो प्रस्ताव आएको बताएका हुन् । ‘ओलीजीले भारत भ्रमणमा जानु अघि नै पार्टी एकता घोषणामा जोड दिनु भएको छ’ माओवादी केन्द्रको बैठकमा प्रचण्डले भने ‘उहाँको यो प्रस्तावबारे हामिले गभ्भिर भएर चिन्तन्त गर्न जरुरीछ ।’

अध्यक्ष प्रचण्डको अध्यक्षतामा जारी बैठकमा एमालेसँगको एकता प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेको पार्टी नेता मणि थापाले बताए । ‘छलफल मुख्य रुपमा एमालेसँगको एकतामै केन्द्रित रहेकोछ’ थापाले भने ‘ओलीजीले पनि भारत भ्रमण अगावेको कुरा गर्नु भएको छ, सकेसम्म चाडै दुई पार्टी औपचारिक रुपमै एक हुनेछ ।’

बैठकपछि शनिवारै दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच छलफल हुनेछ । शनिबार बिहान चक्रपथ सरसफाई अभियानको ५८ औं हप्ताको समारोहलाई सम्बोधन गर्दै दाहालले ओलीसँग विशेष भेट हुने बताएका थिए । एमाले–माओवादी केन्द्रबीच सरकार गठनपछि एकताका विषयमा शीर्ष नेतृत्वबीच छलफल हुन सकेको छैन ।

प्रधानमन्त्री ओली चैत २३ मा भारत जाने तयारीमा छन् । यद्यपि भ्रमण मितिको औपचारिक घोषणा भएको छैन ।स्रोतका अनुसार एमाले अध्यक्ष समेत रहेका ओलीले माओवादी केन्द्रका नेताहरुसामू आफ्नो भारत भ्रमण अघि नै पार्टी एकता गर्ने प्रस्ताव राखेका छन् ।

प्रकाशित मिति: Mar 24, 2018

प्रतिक्रिया दिनुहोस्