Logo
६ कार्तिक २०८१, मंगलबार
(March 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारी समायोजन ऐनअनुसार अवकाश गर्न माग

काठमाडौँ : निजामती कर्मचारी संगठनले कर्मचारी समायोजन ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कर्मचारीको व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

उनीहरुले ऐनमा व्यवस्था भएअनुसार कर्मचारीलाई स्वेच्छिक अवकाश दिनुपर्ने माग गरे । आधिकारिक ट्रेड यूनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले ऐनअनुसार कर्मचारीलाई स्वेच्छिक अवकाश दिनुपर्ने माग गर्दै खटाएको ठाउँमा कर्मचारी पुगे पनि काम गर्ने वातावरण नभएको जिकिर गरे ।

कार्यक्रममा नेपाल कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले स्वेच्छिक अवकाशको व्यवस्था तत्काल कार्यान्वयन गर्नुपर्ने बताए । नेपाल निजामती कर्मचारी युनियन(संघ)का अध्यक्ष गोपाल पोखरेलले आफूहरुले कहिल्यै स्वेच्छिक अवकाशको माग नगरेको भन्दै सरकारले आफैँले ल्याएको व्यवस्थालाई लागू गर्नुपर्ने बताए ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावलले सरकारले खटाएको स्थानमा कर्मचारी पुगेर काम गरिरहेको जिकिर गरे । मधेशी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले समृद्ध नेपाल निर्माणमा कर्मचारीको ठूलो भूमिका रहने भएकाले सरकारले उचित किसिमको काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: Mar 24, 2018

प्रतिक्रिया दिनुहोस्