Logo
५ आश्विन २०८१, शनिबार
(March 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपामा बहस सुरु : संसदीय दलको नेतामा ठाकुर की महतो ?

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालमा राजेन्द्र महतो हाबी भएपछि संसदीय दलको नेता चयनमा समस्या देखिएको नेताहरूले चर्चा गर्न थालेका छन् । तर दलको नेतामा महन्थ ठाकुरले आकांक्षा देखाएका छन् । तर, ठाकुरलाई अर्का नेता राजेन्द्र महतोले नछाड्ने संकेत गरेपछि दलको नेताको विषय ओझेलमा परेको हो ।

महेन्द्र राय यादव, शरतसिंह भण्डारी पनि संसदीय दलको नेताका आकाँक्षी हुन् । तर, उनीहरू दलको नेताका लागि कमजोर रहेको एक नेताले बताए । संसदीय दलमा राजेन्द्र महतो बहुमतमा रहेको स्रोतको भनाइ छ । जितेर आएका अधिकांश सांसद सदभावना पार्टी पृष्ठभूमि भएकाहरू छन् ।

दलको नेताका लागि निर्वाचन भएमा महतोले बाजी मार्ने ठाकुरको बुझाइ छ । पछिल्लो समय संसदीय दलको नेताकै कारण महतो र ठाकुरबीच ठाकठुक भएको स्रोतको भनाइ छ । राजपा नेपालका १७ जना सांसद छन् । राजपा नेपालले प्रतिनिधिसभामा ११ सीट जितेको छ । पाँचजना महतो पक्षका छन् । छ जना समानुपातिकमध्ये तीनजना महतो पक्षकै रहेका हुन् ।

प्रकाशित मिति: Mar 24, 2018

प्रतिक्रिया दिनुहोस्