गायक प्रमोद पियाको प्रस्तुति : ‘बिजी रहे छौरे खाली फेशबूक पर’
चन्द्रपुर : रौतहटको चन्द्रपुर महोत्सव २०७४ मा मधेसका चर्चित युवा गायक प्रमोद पियाले बेजोड सांगीतिक प्रस्तुति दिएका छन् । आफना प्रस्तुतिका लागि उनी मञ्चमा चढेपछि दर्शक माझबाट छुटै रौनक देखिएको थियो ।
छोटो समयमा नै श्रोताहरु माझ निकै चर्चित बनेका गायक प्रमोद पियाले महोत्सवमा ‘रोजो बईठेले पझारी सबसे नूक, ई कलास मे चालाबे फेशबूक हो, नाही देबे ध्यान कबो बूक पर , बिजी रहे छौरे खाली फेशबूक पर, जस्ता दर्शक तताउने गीत प्रस्तुत गरेका थिए ।
पियाले गाएका गीतहरु अहिले महोत्सवमा मात्र होइनन जताततै गुनगुनाउन थालिका छन् । प्रमोद पियाले गाउने भोजपुरी भाषाका गितहरु गीतकार दिपेन्द्र सहनी र विपिन यादवका हुन् ।