Logo
६ कार्तिक २०८१, मंगलबार
(March 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संवैधानिक अंगका पदाधिकारीविरुद्ध महाभियोग लगाउन नयाँ नियम ल्याईदै

काठमाडौं : संवैधानिक अंगका पदाधिकारीविरुद्ध महाभियोग लगाउन नयाँ नियम ल्याईने भएको छ । संसद्ले  संवैधानिक अंगका पदाधिकारीविरुद्ध महाभियोग लगाउनेबारे नयाँ नियम बनाउन तयारी गरेको हो ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका छलफलका लागि प्रस्तुत नियमावलीको मस्यौदामा यसअघिको व्यवस्थापिका संसद्को भन्दा केही फरक नियम समेटिएको छ ।

संघीय संविधानअनुसार प्रदेशसभासमेत गठन भइसकेकाले संविधान संशोधनबारे केही नयाँ प्रावधान संघीय संसदले अघि सारेको हो । महाभियोग प्रस्ताव दर्ता भएको सात दिनपछिको बैठकमा छलफल हुनेगरी सभामुखले समय तोक्नुपर्ने प्रस्ताव नियमावलीको मस्यौदामा उललेख छ । प्रतिनिधसभाको अधिवेशन चालू नरहे पनि महाभियोग प्रस्ताव दर्ता गर्ने सांसद्ले १५ दिनभित्र संसद् अधिवेशन आह्वान गर्न माग गर्नसक्नेछ ।

अधिवेशन प्रारम्भ भएको तीन दिनभित्रको कुनै बैठकमा छलफल हुनेछ । छलफलपछि महाभियोग सिफारिस समितिमा सो प्रस्ताव पठाइनेछ। समितिले महाभियोगका लागि प्रतिनिधिसभालाई सिफारिस गरेमा एकचौथाइ सांसदले समर्थन गरेमा मात्रै कारबाही अघि बढ्नेछ ।

महाभियोगसम्बन्धी कारबाही अघि बढेपछि आरोपितले कारबाहीको टुंगो नलागेसम्म आरोपीले कार्यसम्पादन गर्न नपाउने नियमावलीमा उल्लेख छ ।

प्रकाशित मिति: Mar 24, 2018

प्रतिक्रिया दिनुहोस्