Logo
६ कार्तिक २०८१, मंगलबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिया,कफीलाई अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्ने उद्देश्य दावा सगरमाथा आरोहण गदै

काठमाडौँ : नेपाली ब्राण्डका चिया तथा कफीलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले आरोही दावा शेर्पाले यही चैत २० गतेदेखि सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएका छन् ।

दोलखाको गौरीशंकर नगरपालिका–९ सिमीगाउँकी २४ वर्षीया शेर्पाले सगरमाथामा राष्ट्रिय झण्डा फराउँदै त्यहाँको वातावरणमा चिया र कफी तयार गरी अन्य आरोहीलाई वितरण गदै व्यवस्थापनमा स्नातक तह अध्ययन पूरा गरेएकी शेर्पाको आरोहणका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डलगायत व्यवसायी संघ संस्थाले सहयोग गर्ने बताइएको छ ।

उक्त आरोहण करिब तीन सातामा पूरा गरिने आरोही शेर्पाले जानकारी दिए । यसअघि उनले दोलखाकै छ हजार मिटर अग्लो राम्दुङ हिमाल र पाँच हजार मिटर अग्लो यालुङ हिमाल आरोहण गरिसकेका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले मुलुकको चिया तथा कफी उद्योगको विकासका लागि शेर्पाले गर्ने आरोहण महत्वपूर्ण रहेको बताउँदै बोर्डले आगामी दिनमा उहाँलाई सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्