Logo
३ आश्विन २०८१, बिहीबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चैत्र नवरात्रीमा यसरी गरिन्छ, कात्यायनी माताको पुजा, रोग र भयबाट छुटकारा

चैत्र नवरात्रीको शुक्रबार छैठो दिन देवी गौरी र काली स्वरुपा माँ कात्यायनीको पुजा गरीन्छ ।आजको दिन पुजा र प्रार्थना गर्ननाले रोग र भयबाट मुक्ति मिल्ने विश्वास छ ।

माँ कात्यायनी नवदुर्गा देवी शक्तिको नवौँ रुप मध्ये छैठो रुप हो ।अमरकोषमा यसलाई पार्वती भनीएको छ ।त्यसतै ,संस्कृत शब्दकोशमा उमा ,कात्यायनी ,गौरी, काली, हैमावती, इस्वरी इत्यादी नाम दुर्गा रुवरुपालाई दिइएको छ ।

माँ दुर्गालाई भद«काली र चण्डीका पनि भन्निछ । पौराणिक मान्यता अनुसार माता दुर्गालाई रातो रंगको फुल , रातो कपडा ,रातो चंदन लगायतका सामग्रीसहित पुजा गर्ननाले भगवती प्रसन्न हुनछिन् । नवरात्रिको छैठो दिन माँ कात्यायनीको उपासना गर्ननाले शक्तिको साथै दुश्मनहरुलाई पराजय गर्नसक्ने क्षमताको विकास हुन्छ ।

‘या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम’ मन्त्रको जाप गर्ननाले माता कात्यायनी प्रसन्न हुनछिन् र भक्तजनहरुलाई आफनो आशीर्वाद दिनछिन् ।

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्