Logo
१५ मंसिर २०८१, शनिबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा दैनिक २५ देखि ३० भूकम्पका पराकम्प

काठमाडौँ : नेपालमा दैनिक २५ देखि ३० वटा भूकम्पका पराकम्प जाने गरेको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार २०७२ वैशाख १२ गतेपछि दैनिक २५ देखि ३० वटा पराकम्प जाने गरेको हो ।

गोरखा केन्द्रविन्दु भएर भूकम्प गएदेखि हालसम्म नेपालमा साना ठूला ४५ हजार पराकम्प गएको छ । जसमध्ये चार रेक्टर स्केलभन्दा ठूला ४९१ पराकम्प रहेका छन् ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीले गोरखा, सिन्धुपाल्चोक, काठमाडौँ, नुवाकोट, दोलखालगायतका जिल्लामा धेरै भूकम्प तथा पराकम्प जाने गरेको बताउनुभयो ।

हाल नेपालमा काठमाडौँ र सुर्खेत केन्द्रका २१ स्टेशनबाट भूकम्पमापन हुँदै आएको छ ।

केन्द्रका प्रमुख अधिकारीले २०७२ वैशाख १२ भन्दा अगाडि जाने भूकम्पको तुलनामा अहिले जाने भूकम्पमा पाँच गुणा वृद्धि भएको जानकारी दिनुभयो ।

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्