Logo
२४ कार्तिक २०८१, शनिबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सार्वजनिक जग्गाको अवस्था बुझ्न विद्यासुन्दर निस्किए अनुगमनमा

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडाका सार्वजनिक जग्गाको अवस्था बुझ्न स्थलगत अनुगमन थाल्नुभएको छ ।

व्यक्ति वा सीमित समूहले कब्जा गरेको सार्वजनिक सम्पत्तिलाई सामूहिक प्रयोगमा ल्याउन प्रमुख शाक्य आज कामपा वडा नं ११ धोबीखोला पश्चिम वसन्तनगर पुग्नुभयो ।

प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गीसहितको टोलीले सार्वजनिक जग्गाको अवस्था बुझ्न त्यस स्थानमा पुग्नुभएको हो । अनुगमनको क्रममा कामपाको उक्त स्थानमा आठ रोपनी सार्वजनिक जग्गा रहेको ठहर गरिएको छ ।

संरक्षित जग्गामा बाल उद्यान, जेष्ठ नागरिकको आरामस्थल, बिहान बेलुका हावा खाने ठाउँका रुपमा विकास गर्ने र सार्वजनिक जग्गा सबैको साझा रहनुपर्ने भन्दै जसरी पनि नागरिकको उपयोगमा रुपान्तरण गर्ने प्रमुख शाक्यले ठोकुवा गर्नुभयो ।

संरक्षित जग्गा अहिलेसम्म नागरिकको प्रयोगमा रुपान्तरण भएको छैन । अवस्था बुझेर सुधारको बाटो पत्ता लगाउन अघि बढिरहेको छौँ, कार्यकाल शुरु भएदेखि अहिलेसम्म धेरै कुरा थाहा पाइयो, अब भटाभट काम गर्छौ उपप्रमुख खड्गीले भन्नुभयो ।

वडा नं ११ का वडाध्यक्ष एवं महानगरको विधायन समितिका संयोजक हीरालाल तण्डुकारले, आफ्नो वडाका विभिन्न ठाउँमा आठ रोपनी क्षेत्रफल भएको सार्वजनिक जग्गा संरक्षण थालनी गरिएको जानकारी दिनुभयो । उक्त जग्गा आज नै नापी कार्यालयका अधिकारीको सहयोगमा जग्गा नापजाँच भएको छ ।

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्