Logo
२४ कार्तिक २०८१, शनिबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस बैठक : देउवासँगै प्रचण्डमाथि यसरी खनिए प्रकाशमान

काठमाडौं : आज देखि शुरु कांग्रेस केन्द्रीय समिति बैठकको सुरुमै केन्द्रीय सदस्य प्रकाशमान सिंहले आक्रमक रुपमा आफ्नो भनाइ राखेका छन् ।

केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा उनी पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध कडा रुपमा प्रस्तुत भए भने माओवादी अध्यक्ष प्रचण्डमा कडा आक्रोस पोखे । स्थानीय निर्वाचनदेखि प्रतिनिधिसभाको निर्वाचनसम्म नराम्ररी हारको जिम्मेवारी पार्टीको नेतृत्वले लिनुपर्ने धारणा राख्दै आएका उनले आज भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध आक्रोस पोखेका हुन ।

उनले प्रस्तुत गरेको सुझाव एवं प्रस्तावको सैद्धान्तिक एवं नीतिगत विषयको पाँचौ नम्बरमा उनले ’प्रचण्डजस्तो धोकेबाजसँग मिल्नाले नै कांग्रेसले आजको अवस्था व्यहोरेको’ दाबी गरेका छन् ।
‘पाँच महिनाको नाकाबन्दीलाई खेपेर कथित लोकप्रियताको उचाइमा पुगेको अवस्थामा प्रचण्डजस्तो धोकेबाज नेतासँग भर परेर ओली सरकारलाई असामयिक रुपमा पतन गराउनु र संसदको तेस्रो दलको हैसियत रहेको माओवादी केन्द्रका प्रचण्डललाई प्रधानमन्त्री स्वीकार गर्नुका कारणले पनि कांग्रेसले आजको दिन व्यहोर्नु परेको यथार्थ हो,’ उक्त बुँदामा उल्लेख छ । सैद्धान्तिक एवं नीतिगत विषयमा ८ बुँदे सुझाव दिँदै सिंहले पार्टी सभापतिले प्रधानमन्त्री पदका लागि हतारो गरेका कारण हार व्यहोरेको आरोपसमेत लगाए ।

त्यसैगरी दोस्रो विषय, संगठन कमजोर भएको उल्लेख गरेका छन् । ६ बुँदे सुझावमा उनले निर्वाचनको मुखैमा पार्टी सभापतिले विधानको घोर उल्लंघन गरी टिकट वितरण गरेको आरोप लगाए ।

त्यसैगरी कमजोर नेतृत्व शीर्षकमा ४ बुँदे सुझाव पेश गरेका छन् । यस शीर्षकको चौथो बुँदामा पार्टी सभापतिले प्रधानमन्त्री हुँदा लोक नै हसाउने गरी ६४ जनाको मन्त्रिमण्डल बनाएर कीर्तिमानी कायम गरेको उल्लेख छ ।
अन्तिममा शीर्षक सुझाव एवं प्रस्तावमा ५ बुँदा समेटिएको छ ।

उक्त शीर्षकका बुँदाहरुमा प्रकाशमानले जिल्ला सभापतिहरुको भेला र महासमितिको बैठक तत्काल बोलाउन जोडदार माग गरेका छन् ।

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्