Logo
२४ कार्तिक २०८१, शनिबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झापा स्थित ‘हिमालयन टी स्टेट’मा यस्तो थियो, पूर्वराजा ज्ञानेन्द्र शाहको सुझाव

काठमाडौं :  पूर्वराजा ज्ञानेन्द्र शाहले यसैहप्ता झापामा रहेको हिमालयन टी स्टेटमा राप्रपा संम्बद्ध तीनवटै घटकका दोस्रो तहका नेताहरुलाई भेटेपछि भेटघाटमा के कुराकानी भयो, धेरैलाई जिज्ञासा पैदा भएको छ । आफ्नै स्वामित्वमा रहेको हिमालय टी स्टेटमा पूर्वराजाले राप्रपाका उपाध्यक्ष बुद्धीमान तामाङ, भाष्कर भद्रा लगायतलाई बोलाएका थिए भने राप्रपा प्रजातान्त्रिकबाट राजाराम श्रेष्ठ, सगुन लावती सहभागी थिए भने राप्रपा राष्ट्रवादीबाट तारा लुइटेल सहितका सहभागी थिए ।

भेटका अवसरमा पुर्वराजाले तीनवटै पार्टीका नेताहरुलाई आफू देश व्यापी रुपमा भ्रमण गर्दा राप्रपाका तीनवटै समूहबीच पार्टी एकता होस् भन्ने चाहना पाएकोले सोही अनुरुप आ—आफ्नो पार्टीमा लविङ गर्न सुझाव दिएको बुझिएको छ ।पार्टीका दोस्रो तहका नेताहरुलाई भेट्ने क्रममा पूर्वराजाले वामपन्थीहरुको एकताले वामपन्थी शक्ति मजबुत भएको बताउँदै अहिले देशमा राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको स्पेस रहेकोले त्यस्का निम्ती पहल गर्न सुझाव दिएको पनि बुझिएको छ ।

भारतका विभिन्न स्थानमा घुमेर नेपाल फर्किएपछि पुर्वतिर गएका पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका दोस्रो तहका नेताहरुलाई झापामा बोलाई कुराकानी गरेका थिए । उनले अहिले देशमा जनचाहना अनुरुप काम नभएको बताउँदै जनताले बिकल्प खोज्ने अवस्था आउने पनि विश्लेषण सुनाएका थिए । उनले नेपाली काँग्रेसले अहिले प्रजातान्त्रिक शक्तिको नेतृत्व गर्ने भएपनि उस्ले सोचे जसरी प्रजातान्त्रिक शक्तिको नेतृत्व गर्न नसकेको र राष्ट्रवादी प्रजातन्त्रवादी शक्ति त एकिकृत रुपमा अगाडी बढ्नै नसकेको निष्कर्ष सुनाएका थिए ।

सो क्रममा उनले तीनवटै राप्रपाबाट झापा पुगेका नेताहरुलाई पार्टी भित्रको अवस्था के छ, नेतृत्वले एकता गर्न मान्छ मान्दैन नयाँ नेतृत्व कस्ले लिन सक्छ भन्ने जस्ता जिज्ञासा पनि अप्रत्यक्ष रुपमा राखेका थिए । पूर्वराजासँगको भेटमा राप्रपाका नेताहरुले अहिले भएको नेतृत्वको व्यक्तिगत महत्वाकांक्षा तथा कमल थापाको व्यक्तिवादी सोचाईका कारण राप्रपा विभाजित भएको बिचार राखेका थिए ।

भेटमा सहभागि एक नेताले भने पूर्वराजाको समग्र चिन्ता देशमा राष्ट्रवादी, प्रजातन्त्रवादी शक्ति कमजोर भए त्यसलाई बलियो बनाउन तीनवटा राप्रपा मिल्दा उचित हुन्छ भन्ने थियो । पूर्वराजाले आफै नेतृत्व गर्ने वा हिन्दुत्वको नारालाई उठाउने योजना त होईन भन्ने जिज्ञासामा ति नेताले भने पूर्वराजाको चिन्ता देशमा सोचे जस्तो राष्ट्रियता मजबुत भएन जनताले चाहे जस्तो सुशासन र संमृद्धि भएन भन्ने छ, नेपालीपत्रमा उल्लेख छ । यो वा त्यो दलको बिरोध गर्ने वा अन्य खालका राष्ट्रलाई असहज बनाउने कुनै पनि बिषयतर्फ पुर्वराजाको ध्यानै छैन । पूर्वराजालाई देश र जनताकै चिन्ता बढी भएको पाईयो ।

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्