Logo
१५ मंसिर २०८१, शनिबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरामा रजत वर्षका अवसरमा दुई दिने तालीम शुरु

पोखरा : नेपाल ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघ स्थापनाको रजत वर्षका अवसरमा टान सम्बद्ध व्यवसायीलाई लक्ष्य गरी आयोजित व्यवसाय व्यवस्थापन तालीम शुक्रबारदेखि शुरु भएको छ ।

पोखराको लेकसाइडस्थित होटल रानीवन अर्किटमा दुई दिनसम्म चल्ने उक्त तालीममा टानमा आवद्ध ६५ जना व्यवसायी सहभागी भएको टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपक अधिकारीले जानकारी दिएका छन् ।

पर्यटनलगायत विभिन्न क्षेत्रमा तीन हजारभन्दा बढी विषय विज्ञ रहेको विदेशी संस्था पुमनेदरल्याण्डका प्रशिक्षकले व्यवसायीलाई तालीम दिने र व्यवसायलाई व्यवस्थित एवं प्रभावकारी बनाउन तालीम अत्यन्त उपयोगी हुने विश्वास लिइएको अध्यक्ष अधिकारीले बताएका छन् ।

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्