Logo
५ आश्विन २०८१, शनिबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काग्रेस नेता खड्काको स्वास्थ्य जटिल, भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं : नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था जटिल बनेको छ । नेता खड्को स्वास्थय अवस्थ जटिल हुँदै गए पछि भेन्टिलेटरमा राखेर उपचार शुरु सुरु गरिएको छ ।

मिर्गौला, छाती र नसाको समस्याबाट पीडित खड्काको उपचार भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा भइरहेको छ । उनलाई बुधबारबाट भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको एपोलो अस्पतालको काठमाडौंस्थित सूचना केन्द्रका प्रमुख अर्जुनबहादुर चन्दले जानकारी दिए ।मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता नयाँदिल्ली लगिएको थियो ।

यसै विच नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको शीघ्र स्वास्थ्य लाभको कामना गरेर उनको गृहजिल्ला दाङमा पूजाआजा गरिएको छ । पूर्वमन्त्री एवम् कांग्रेसका प्रभावशाली नेता खड्काको स्वास्थ्य उपचारमा सहयोग गर्न दाङका स्थानीय कांग्रेस नेताहरुले सरकारलाई आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्