ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी
ताप्लेजुङ : ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा रहेको एक होटलमा आगलागी भएको छ । होटल ईको भ्यू पोइन्टमा शुक्रबार बिहान ६ बजे आगलागी भएको हो ।
आगलागीको कारण खुलेको छैन तर विद्युत सर्ट भएर आगो लागेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।आगलागीबाट होटलको माथिल्लो तला जलेर पूर्ण रुपमा नष्ट भएको तर क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयबासीले फुङ्लिङ नगरपालिकाको दमकलको प्रयोग गरी करिब एक घण्टापछि आगो निभाएका थिए ।