Logo
२७ पुस २०८१, शनिबार
(March 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश सरकार सञ्चालनमा कानुनी प्रक्रिया बाधक : शाही

नगरकोट : प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार सञ्चालनमा आर्थिक पाटो अवरोध नभई कानुनी प्रक्रिया बाधक रहेको बताएका छन् ।

उनले अबको केही महिनामै पूर्णता पाउने भएकाले प्रदेश सरकारले आफ्ना विभिन्न गतिविधिलाई तीव्रताका साथ कार्यान्वयनमा ल्याउने बताए । प्रदेश सरकार सञ्चालन नयाँ विषय भएको र सञ्चालनमा प्रभावकारिता ल्याउन दक्ष कर्मचारी नहुँदासमेत विभिन्न खालका समस्या देखिएको उनले बताए ।

कर्णाली प्रदशेलाई अर्गानिक प्रदेशका रुपमा विकास गर्न र पूर्णरुपमा विषादीमुक्त बनाउने अभियान थालेको उनले बताए । कर्णाली प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउनका लागि आगामी वर्षलाई पर्यटन वर्षका रुपमा अगाडि बढाउँदै अथाहा सम्भावना बोकेका क्षेत्रको पहिचान गराउने गुरुयोजना निर्माणमा लागेको मन्त्री शाहीले बताए ।

रफत सञ्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा कर्णाली प्रदेशलाई स्वायत्त प्रदेशका रुपमा केन्द्र सरकारले कानूनमै सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । देशको कूल बजेटको आधा बजेट कर्णाली प्रदेशलाई उपलब्ध गराउन सके यसले देशको आर्थिक विकासमा प्रदेशले टेवा पुु¥याउने शाहीले बताएका छन् ।

उनले ६ नं प्रदेश गरिबी र आर्थिक अभावबीच अथाह सम्भावना बोकेको प्रदेश भएको बताउँदै यसलाई नमूना प्रदेशका रुपमा विकास गरी भ्रष्टाचार मुक्त प्रदेशका रुपमा परिचित गराउने र युवा दस्तालाई श्रमतर्फ आकर्षण गर्ने गरी रोजगारीको सिर्जना गर्दै विकासका लागि युवादस्ता निर्माण गर्न थालेको बताएका छन् ।

प्रकाशित मिति: Mar 22, 2018

प्रतिक्रिया दिनुहोस्