Logo
६ कार्तिक २०८१, मंगलबार
(March 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वप्रधानन्यायाधीश पराजुलीविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चले प्रतिवेदन माग्यो

काठमाडौं : पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चले प्रतिवेदन मागेको छ ।

गत साउनदेखि अवैधानिक रुपमा पदमा बसेको भनी न्यायपरिषद्को पत्रपछि राजीनामा दिएका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्धको अवहेलना मुद्दा दर्ता हुने वा नहुने विवादमा सर्वाेच्चले कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको हो ।

न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलाशले निवेदन दर्ता नहुनुको कारण उल्लेख भएको प्रतिवेदन पेश गर्न आदेश गरेको जनाइएको छ । गत आइतवारदेखि पेशीमा चढेको निवेदन बिहीबार मात्र सुनुवाइ भएको छ । मनोज अधिकारीले प्रधानन्यायाधीशको पदमै रहँदा मुद्दा प्रभावित गर्ने प्रयास गरेको भन्दै अवहेलना निवेदन पेश गरेका थिए । तर सर्वोच्च प्रशासनले उक्त निवेदन दर्ता गर्ने प्रमाण अपुग भएको भन्दै दरपीठ गरिदिएको थियो ।

दरपीठविरुद्ध अधिकारीले फागुन २५ गते इजलाशमा निवेदन दिएका थिए । उक्त मुद्दा दर्ता हुने वा नहुने विषयमा सर्वोच्चले प्रशासनको दरपीठ प्रतिवेदन हेरेपछि मात्र निर्णय गर्नेछ ।

प्रकाशित मिति: Mar 22, 2018

प्रतिक्रिया दिनुहोस्