Logo
५ आश्विन २०८१, शनिबार
(March 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः पहिला भारत नै जाने प्रधानमन्त्री ओलीको तयारी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले यही महिना भारत भ्रमण गर्ने तयारी थालेका छन् । यस अघि उनी चिनको पहिलो भ्रमण गर्दै विदेश भ्रमण सुरु गर्ने भनिएको थियो । चैत चौथो साता भ्रमण हुनसक्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले प्रधानमन्त्रीको पहिलो विदेश यात्रा चिनबाट सुरु हुने बताएका थिए । तर पहिलो विदेशयात्राको रुपमा भारत भ्रमणको तयारी भइरहेको श्रोतको दावी छ । दिल्ली स्थित श्रोतले समेत भ्रमण तयारीको पुष्टि गर्दै दुई देशको सहमतिमा छिट्टै मिति तय हुने बताए ।

एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुनु अगावै र पछि पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग पटक पटक संवाद गरेका छन् भने ओलीको आग्रहमा मोदीले विदेशमन्त्री सुष्मा स्वराजलाई विशेष दूतका रुपमा नेपाल पठाइसकेका छन् । ओलीको भ्रमण पछि मोदीको पनि नेपाल भ्रमण हुने बताइएको छ ।

प्रकाशित मिति: Mar 22, 2018

प्रतिक्रिया दिनुहोस्