Logo
५ आश्विन २०८१, शनिबार
(March 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेस कोषाध्यक्षहरुको दोस्रो सम्मेलन सकिँदै

काठमाडाै : नेपाली काँग्रेस कोषाध्यक्षहरुको दोश्रो राष्ट्रिय सम्मेलनका सहभागिहरुले टिकट वितरण प्रक्रियामा भएको अस्वस्थ प्रक्रियाले नेपाली काँग्रेस पराजय भएको धारणा राखेका छन् । नुवाकोट सदरमुकाममा वुधवार देखि जारी सम्मेलनमा हाल प्रशिक्षण सेसन चलिरहेको वताइएको छ ।

प्रशिक्षणमा सहभागिहरुले प्रश्नोत्तर शैली अपनाएको सम्मेलनका व्यवस्थापन प्रमुख गोविन्द पुडासैनीले जानकारी गराए । टिकट वितरणमा असन्तुष्टि साथै सहभागीहरुले गुटका कारण काँग्रेस पराजित भएको धारणा राखिरहेका छन् ।सहभागीहरुले आगामी निर्वाचनमा स्थानीय ,प्रदेश र केन्द्रको संरचना अनुसार टिकट वितरण जिम्मेवारी पनि सम्वन्धित तहलाई दिनुपर्ने धारणा राखेका छन् ।

प्रशिक्षण सेसन सकिएपछि वन्द सत्र शुरु हुने पुडासैनीले जानकारी गराए । पार्टी सभापतिले वुधवार उद्धघाटन गरेको सम्मेलन आज सकिने वताइएको छ । सभापति देउवाले निर्वाचित जिल्ला सभापति,सचिव र कोषाध्यक्षलाई महासमिती वैठकमा सहभागि गराउने वचन दिएको पुडासैनीले वताए ।

प्रकाशित मिति: Mar 22, 2018

प्रतिक्रिया दिनुहोस्