Logo
५ आश्विन २०८१, शनिबार
(March 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभापति देउवा : संसदमा आफ्नो पकड बढाउँदै भातृ संगठनमा गुमाउँदै

काठमाडौं : संसदमा आफ्नो पकड बढाउँदै लगेका काँग्रेस सभापति शेरवहादुर देउवाको पकड भातृ संगठनमा भने कमजोर हुँदै गएका छ । गत साता सकिएका भातृ संगठनका दुई सम्मेलनमा देउवा पक्ष पराजित भएको छ । काँग्रेसका दुई समुह देउवा विरुद्धमा लागेपछि नेपाल शिक्षक संघ र कर्मचारी युनियनमा देउवा पक्ष निरिह भएको छ ।

शनिवार सकिएको शिक्षक संघको अधिवेसनमा रामचन्द्र पौडेल पक्षले एक पदमा वाहेक सवैमा प्यानल जितेको थियो । शिक्षक संघको अध्यक्षमा राजेन्द्र राज पौडेल विजयी भएका थिए । देउवा निकट केशव निरौला पौडेलसँग पराजित भएका थिए । वुधवार सकिएको कर्मचारी युनियनको अधिवेसनबाट अध्यक्षमा गोपालप्रसाद पोखरेल विजयी भएका थिए । पोखरेल वरिष्ठ नेता पौडेल पक्षका हुन् ।

भातृ संगठनका पछिल्लो दुई अधिवेसनले देउवा पक्ष कमजोर हुँदै गएको देखिएको छ भने पौडेल र सिटौला बीच गठजोड बनेको छ । निर्वाचन भन्दा पहिले सकिएको महिला संघ र नेविसंघको अधिवेसनमा देउवा पक्षलाई सिटौला समुहले सहयोग गरेको थियो । त्यस्तै तरुणदल र सांस्कृतिक संघमा भागवण्डावाट टुङ्याइएको थियो । तरुण दलमा र सांस्कृतिक संघमा देउवा र पौडेल पक्षले भागवण्डा गरेका थिए ।

निर्वाचनमा पराजय पश्चात सिटौला समुह र पौडेल समुह एकै ठाउँमा उभिएका छन् ।  सिटौलाको साथले पौडेल समुहले शिक्षक संघको निर्वाचनमा अध्यक्ष सहित मुख्य पदहरु जितेको छ । वरिष्ठ उपाध्यक्ष र महासचिवमा लगायत सबै पद पौडेल जितेको थियो । उपाध्यक्ष र महासचिवमा क्रमशः यम भुसाल र सोमनाथ गिरीले जितेका थिए ।

शिक्षक संघ अधिधवेसनपछि चितवनमा सकिएको कर्मचारी युनियनको अधिवेसनमा पनि देउवा पक्षलाई झट्का लागेको छ । सिटौला पक्षको सक्रिय सहयोगले देउवा निकटका उम्मेदवारहरुले हात धुनु परेको छ । काँग्रेस निकट कर्मचारीको अधिवेसनमा पौडेल पक्षका गोपालप्रसाद पोखरेलले अध्यक्षमा विजयी हुँदा देउवा निकटका राजेन्द्र बुढाथोकीले हार वेहोरेका थिए । काँग्रेसको तेश्रो समुहले सघाएपछि ८० सदस्यीय समितीमा अधिकांश पद पौडेल पक्षका परेका छन् ।

देउवा निकट नेता वालकृष्ण खाँणले जुनसुकै समुहबाट आएपनि नेपाली काँग्रेस निकट भएको वताए । अर्का नेता मिन विश्वकर्माले शिक्षक संघको उम्मेदवारीका क्रममा देउवा पक्ष व्यवस्थापनमा चुकेको वताए । कर्मचारीहरुको हकमा भने विखण्डन ल्याउनु हुँदैन भनि गुटको राजनीति नगरिएको वताए ।

निर्वाचन पछि सभापतिको कार्य क्षमतामा प्रश्न उठाउँदै आएका पौडेल र सिटौला समुह शुक्रवार देखि शुरु हुने केन्द्रिय समिती वैठकमा पनि एउटै वोलीका साथ प्रस्तुत हुने रणनीति वनाएको वताइएको छ । आज सकिने गरि नुवाकोटमा भइरहेको जिल्ला कोषाध्यक्षहरुको भेलामा पनि देउवा कार्यशैली माथि सहभागिहरुले प्रश्न उठाइरहेका छन् ।

प्रकाशित मिति: Mar 22, 2018

प्रतिक्रिया दिनुहोस्