Logo
५ आश्विन २०८१, शनिबार
(March 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पद र सत्ताको लोभी मानिएका गच्छदारले मागे उपसभापति

काभ्रे  : सधै पद र सत्ताको वरिपरि रहिरहने नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी उपसभापति पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

फोरम लोकतान्त्रिकलाई कांग्रेसमा विलय गराउँदा उपसभापति दिने भद्र सहमति भएको दाबी गर्दै गच्छदारले पार्टी एकताको ५ महिनासम्म जिम्मेवारी नदिनु दुखत भएको बताए । बुधवार काभ्रेमा आयोजित एक कार्यक्रममा गच्छदारलेले भने, ‘जिम्मेवारी वाँडफाँटको विषयमा कुनै कदम नचाल्नु दुः खद् हो ।’

उनले केन्द्रदेखि जिल्ला हुँदै नगरसम्म फोरम लोकतान्त्रिकका नेता कार्यकर्तालाई चित्त बुझ्ने गरी जिम्मेवारी कहिले दिने भन्ने प्रश्न गरे । गच्छदारले भने, ‘मलाई जिम्मेवारी दिनुस्, पार्टी काचुली फेरिनेछ ।’चुनावको मुखमा गच्छदारले आफ्नो नेतृत्वको फोरम लोकतान्त्रिलाई कांग्रेसमा बिलय गराएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले हालै मात्र गच्छदारलाई संसदीय दलको उपनेता बनाएका छन् ।

तर, गच्छदारले भने अब उपसभापति पनि दाबी गरेका छन् । काग्रेस संसदीय दलका उपनेता समेत रहेका उनले सरकारलाई सय दिन मनाउन दिने भन्दै त्यसपछि गुण र दोषका आधारमा आलोचना गर्ने बताए ।

प्रकाशित मिति: Mar 21, 2018

प्रतिक्रिया दिनुहोस्