Logo
५ आश्विन २०८१, शनिबार
(March 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषद् अन्तर्गत रहने समितिहरुमा व्यापक कटौती, मात्रै पाँच विषयगत समिति गठन

काठमाडौं : प्रधानमन्त्री केपी शार्मा ओलीले मन्त्रिपरिषद् अन्तर्गत रहने समितिहरुमा व्यापक कटौती गरेका छन् । सरकारको कामकारबाहीलाई सही तवरले अगाडि बढाउन मन्त्रिपरिषद्को मातहतमा रहने गरी विभिन्न पाँच विषयगत समिति मात्रै गठन गरिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक समिति, आर्थिक तथा पूर्वाधार समिति, प्रशासन समिति, सामाजिक समिति र विधेयक समिति बनाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
बैठकले प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय समूह छरितो बनाउन कार्यविधि पारित गरेको छ । आर्थिक मितव्ययिता अपनाउने नीतिअनुरुप प्रधानमन्त्रीको सचिवालयमा संख्या कटौती गर्ने निर्णय भएको राज्यमन्त्री बाँस्कोटाले बताए । उनका अनुसार यसअघि सचिवालयमा ४७ सदस्य रहँदै आएकामा अब २८ सदस्य बनाउने तयारी गरिएको छ ।

राज्यमन्त्री बाँस्कोटाले कतिपय सहसचिवस्तरका कर्मचारीलाई उपसचिव र त्यो भन्दा तल्लो तहमा सचिवालय सदस्य राखिने बताए।

प्रकाशित मिति: Mar 21, 2018

प्रतिक्रिया दिनुहोस्