फिल्म सुटिङका क्रममा आलिया भट्ट भईन् घाइते
बलीउड नायिका आलिया भट्ट फिल्म सुटिङका क्रममा घाइते भएकी छिन् । उनी बुल्गेरियामा भइरहेको ‘ब्रम्हास्त्र’ फिल्मको सुटिङका क्रममा घाइते भएकी हुन् । आलिया फिल्ममा आफ्नो भुमिका निर्वाह गर्नका लागि हालका दिनमा घोडसवारी सिकिरहेकी छिन् ।
एउटा एक्सन सीन गर्ने क्रममा उनको काँधमा धेरै चोट लागेको बताइएको छ । उनलाई डाक्टरले आराम गर्नका लागि सुझाव दिएका छन् । घाइते भएकी आलियालाई चोट ठीक नभएसम्म सुटिङमा जानका लागि डाक्टरले निषेध गरेका छन् । हालैमा उनले आफ्नो जन्मदिन पनि परिवारजनलाई छोडेर रणवीर कपूरकी आमाका साथ सुटिङका क्रममा नै मनाएकी थिईन् ।
लगातार सुटिङ भइरहेका कारण उनी आफ्नो घर आउन पाइरहेकी थिइनन् । उनी अब पनि उतै आराम गरेर फिल्मको सुटिङपछि मात्र भारत आउने बताइएको छ । फिल्म ‘ब्रम्हास्त्र’ मा आलिया भट्ट र रणवीर कपूरका साथ अमिताभ वच्चन पनि देखिने भएका छन् । यो फिल्म २०१९ को अगस्ट १५ मा रिलिज हुनेछ ।