Logo
१४ मंसिर २०८१, शुक्रबार
(March 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निजामती कर्मचारी युनियन संघको अध्यक्षमा पोखरेल निर्वाचित

चितवन : नेपाल निजामती कर्मचारी युनियन (संघ)को अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन् । रत्ननगरमा भएको सातौँ महाधिवेशनमा राजेन्द्र बुढाथोकीलाई पराजित गर्दै पोखरेल विजयी भएका हुन् । गएराति ३ बजे सकिएको महाधिवेशनमा उनले बुढाथोकीभन्दा ३० मत बढी ल्याएर विजयी भएका छन् ।

कूल ५४५ खसेको मतमा पोखरेलले २८४ र बुढाथोकीको २५४ मत आएको थियो । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा ३६२ मतका साथमा सुरेन्द्र अधिकारीलाई निर्वाचित गरेको छ । प्रतिद्वन्द्वी सुशीलकुमार केसीले १७० मत प्राप्त गरेका छन् । अर्का उपाध्यक्षमा कृष्ण दाहाललाई हराउँदै उत्तमकुमार कटवाल निर्वाचित भए । महासचिवमा सुवास कोइराला निर्विरोध भएका प्रमुख निर्वाचन अधिकृत यदुनाथ खनालले जानकारी दिए ।

उनका अनुसार बुधबार सबैलाई शपथ खुवाउने कार्यक्रम राखिएको छ । गए राति सकिएको महाधिवेशनले २६ पदाधिकारीसहित ८० जना निर्वाचित गरेको छ । पाँचजना भने पछि मनोनयन हुने व्यवस्था रहेको खनालले जानकारी दिए । तीनवर्षीय कार्यकालका लागि सचिवमात्रै सात जना निर्वाचित भएका छन् ।यही चैत ४ गतेदेखि यहाँ चलेको महाधिवेशनमा देशभरका ५६९ प्रतिनिधिमध्ये ५४५ जना सहभागी थिए ।

प्रकाशित मिति: Mar 21, 2018

प्रतिक्रिया दिनुहोस्