Logo
२३ कार्तिक २०८१, शुक्रबार
(March 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नं. ३ को राजधानी हेटौंडाबाट दाँयाबायाँ सर्दैन : प्रचण्ड

हेटौंडा : माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ नं प्रदेशको राजधानी हेटौंडाबाट दायाँबायाँ नसर्ने दाबी गरेका छन् । हेटौंडाबाट राजधानी सर्ने कि नसर्ने विषयमा यहाँ चर्चा चलिरहेको अवस्थामा अध्यक्ष दाहालको यस्तो भनाइ आएको हो ।

हेटौंडा-१० स्थित गोरक्षश्वर धाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राजधानीको लागि हेटौंडा नै उपयुक्त भएको र हेटौंडेलीलाई ढुक्क हुन आग्रह गरेका थिए । आगामी वैशाख १ गतेबाट गोरक्षश्वरमा हुने महायज्ञ तथा गोरक्षश्वका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा उनले धर्मलाई सम्मान गर्ने राजनीतिक संस्कार भएको उल्लेख गर्दै आफू कुनै पनि धर्मविरोधी नभएको बताए ।

धार्मिक पर्यटनका लागि गोरक्षश्वरलाई सरकारले सहयोग गर्नेसमेत बताए । अध्यक्ष दाहाल हेटौंडा उपमहानगरपालिका-४ का पूर्ववडाध्यक्ष एवं माओवादी कार्यकर्ता रामकृष्ण श्रेष्ठको अवस्था बुझ्न मंगलबार अपरान्ह हेटौंडा अस्पताल पुगेका थिए । क्यान्सर रोगबाट पीडित श्रेष्ठलाई मंगलबार हेटौंडा अस्पताल उपचारार्थ भर्ना गरिएको छ ।

अस्पतालमा पनि उनले सञ्चारकर्मीहरुसमक्ष राजधानी हेटौंडाबाट सर्दैन र हेटौंडा अस्पताललाई पनि राजधानीको अस्पताल जस्तो बनाउन आग्रह गरेका थिए ।

प्रकाशित मिति: Mar 20, 2018

प्रतिक्रिया दिनुहोस्