प्रधानमन्त्री ओलीले डाके सातै प्रदेशका मुख्यमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौं बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग बुधवार सामुहिक छलफल गर्ने भएका हुन ।
प्रदेश सरकारले काम नपाएको गुनासो भएको छ । सामुहिक रुपमा छलफल गरी प्रदेश सन्चालनका लागि आवश्यक सहजीकरण गर्ने प्रधानमन्त्रीको तयारी छ ।
प्रदेश सरकारका मन्त्री र प्रदेश सांसद प्रदेश राजधानमिा भन्दा काठमाडौंमा बढी समय बिताउदै आएका छन् ।
मुख्यमन्त्री र मन्त्रीले गाडीमा झण्डासमेत हाल्न पाएका छैनन् । कतिपय प्रदेश मन्त्रीलाई दिने गाडीसमेत दिइएको छैनन् ।
यस्तो छलफलमा प्रदेश सचिव पनि सहभागी हुनेछन् । प्रदेशका मुख्य न्यायाधिवक्ताहरुलाई पनि सहभागी गराउने तयारी भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।