Logo
६ कार्तिक २०८१, मंगलबार
(March 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एपेक्स घोटाला : थप तीन जना सिआइबीको नियन्त्रणमा

काठमाडौं : डेढ अर्ब तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको घोटालामा संलग्न थप तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नियन्त्रणमा लिएको छ ।

बैंकका तत्कालीन कर्मचारी सजल बज्राचार्य, प्रमोद भट्टराई र कृबेन्द्र श्रेष्ठ लाई सिआइबीले नियन्त्रणमा लिइएको हो । बज्राचार्य र श्रेष्ठ कर्जा सुपरीवेक्षक तथा भट्टराई कर्जा अधिकृतका रुपमा बैंकमा कार्यरत थिए । कमसल धितो राखी कर्जा प्रवाहमा उनीहरुको समेत मिलेमतो देखिएपछि पक्राउ गरिएको सिआइबीका एसपी जीवन श्रेष्ठले बताए । पक्राउ परेमध्ये कृबेन्द्र जनता बैंकको बनेपा शाखामा कार्यरत थिए ।

बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धिताल तथा सञ्चालकहरु इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी, छविरमण अधिकारी, मधुवनलाल श्रेष्ठ पक्राउ परिसेकका छन् ।

त्यस्तै, तत्कालीन निमित्त सिइओ ऋषिराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक विकास श्रेष्ठ, सागर नेउपाने, मानबहादुर राउत, सुदीप थापा, सहायक महाप्रबन्धक विनीतमणि उपाध्याय, कर्जा अधिकृत मोहन खरेल पक्राउ परिसकेका छन् ।

प्रारम्भिक अनुसन्धानमा एक अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैयाँ अनियमितता भएको राष्ट्र बैंकको अनुसन्धानमा खुलेको थियो ।

प्रकाशित मिति: Mar 20, 2018

प्रतिक्रिया दिनुहोस्