Logo
४ आश्विन २०८१, शुक्रबार
(March 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनन्दन सहित राधालाई गाँउ फर्काइयो : रमिते बनेका गाउँलेले सम्मानमा ताली बजाए

कैलाली  : बोक्सी आरोपमा भोलेबाबा भनिने रामबहादुर चौधरी र उनका सहयोगी युवतीले १८ वर्षीया राधालाई कुटपिट गर्दा रमिते बनेर ताली बजाउने यहाँका गाउँलेले निर्दोष र निहत्था युवतीलाई क्रुर ढंगले कुटपिट गर्दा नबचाएकोमा गल्ती महसुस गरेका छन् ।

साथै, बोक्सी आरोपमा राधामाथि अमानवीय ढंगले कुटपिट भएको र गाउँले रमिते बनेको घटनापछि देउकलिया गाउँमा महिलामाथि हिंसाका घटना हुन नदिन स्थानीय महिलाहरूको भेलाले शनिबार शोषणरहित महिला सञ्जाल गठन गरेको छ । गीता धामी अध्यक्ष, पार्वती चौधरी उपाध्यक्ष, रेनुका बोहरा सचिव र अनिता शाही कोषाध्यक्ष रहेको ४० सदस्यीय सञ्जाल गठन गरिएको हो ।

राधामाथि कुटपिट भएको घटनाबाट स्थानीय समुदाय सचेत भएकोबताउँदै उनले अब कुनै बहानामा पनि महिलामाथि यस्तो घटना दोहोरिन नदिने बताइन् । राधाले गाउँमै बसेर पढाइ अगाडि बढाउने चाहना राखेकीछिन् ।  अबदेखि गाउँमा बोक्सी आरोपमा यस्ता घटना हुन नदिने भनेर गाउँलेहरू सजग भएका छन् ।

‘बोक्सी लागेकाले निको पार्न भोलेबाबालेकुटपिट गरेका होलान्भनेर त्यस दिन हामी केही नबोलेका हौं,’ स्थानीय सम्झना चौधरीले भनिन्,‘त्यस दिनभोलेबाबालाई कुटपिट गर्न नरोकेर गल्ती गरेका रहेछौं भनेर अहिले पछुतो भएको छ ।’ घटनास्थलको भीडले कुटपिट नगर भनेर रोक्नुपर्ने उनको भनाइ छ ।

बोक्सी आरोपमा कुटपिट गरिएकी चौधरीलाई शुक्रबार घोडाघोडी नगरपालिका ५ देउकलियामा सयौं गाउँलेका अगाडि सम्मान गरिएको छ । राधा अध्ययनरत स्थानीय राष्ट्रिय माविमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले राधालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । बोक्सी आरोपमा भोलेबाबा र उसका सहयोगी युवतीले कुटपिट गर्दा ताली बजाउने गाउँलेले शनिबार बोक्सी कोही हुँदैन भन्दै पीडित भएकी राधालाई सम्मान गर्दा ताली बजाएर समर्थन जनाएका थिए ।

राधालाई बोल्न भनेपछि उनले गाउँलेका अगाडि केही बोल्न सकिनन् । सम्मानित भएपनि उनी हतास मुद्रामा देखिएकी थिइन् । उनले गाउँमा सहजवातावरण बनेमा गाउँ फर्केर पढ्ने बताएकी छिन् । वैशाखमा आइरहेको परीक्षा बिग्रने उनको चिन्ता छ । गाउँमा पुनसर््थापित हुन सहज होस् भनेर सहपाठी विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि र गाउँलेको उपस्थितिमा राधालाई अभिनन्दन गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

गत फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका दिन बोक्सी आरोपमा राधालाई भोलेबाबा भनिने रामबहादुर चौधरी, किस्मती चौधरी र स्मारिका चौधरीले लगातार ६ घण्टासम्म कुटपिट गरेका थिए । कुटपिट गरेको आरोपमा ३ जना र मतियारकारूपमा संलग्नरहेका भनेर ३ जना गरी ६ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ ।

प्रकाशित मिति: Mar 18, 2018

प्रतिक्रिया दिनुहोस्