Logo
४ आश्विन २०८१, शुक्रबार
(March 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तत् : गृहमन्त्रीले नै जुस पिलाएर तोडाए रेशम चौधरीको अनशन

काठमाडौं : कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीले शुक्रबार अनशन तोडेका छन् । शुक्रबार वीर अस्पतालमा गृहमन्त्री रामबहादुर थापा बादलले चौधरीलाई जुस पिलाएर अनशन तोडाएका हुन् ।

उनले १८ दिनपछि अनशन तोडेका हुन् । थारु आन्दोलनका क्रममा टीकापुर घटनामा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त चौधरीलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

गृहमन्त्री बादलले मुद्दा फिर्ता र अदालती प्रक्रियाबाहेक अन्य मागहरु पूरा गर्ने प्रतिवद्धता जनाएपछि उनले अनशन तोडेका हुन् ।

थारु आन्दोलनका क्रममा टीकापुर घटनामा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त चौधरीलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

अनशन तोडेपछि चौधरीले टीकापुर घटनामा आफ्नो संलग्नता नरहेको र आफू निर्दोष रहेको दावी गरेका छन् । टीकापुर घटनाको दिन आफू बर्दियामा रहेको भन्दै उनले आफू निर्दोष रहेको बताउँदै आफ्नो कल डिटेल हेर्न आग्रह गरेका छन् ।

चौधरीले आफूलाई निर्वाचित भएको प्रमाणपत्र दिनुपर्ने, सपथ खान पाउनुपनेर्न, टीकापुर घटनाका २६ जना आरोपीलाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने लगायतका माग राखेर अनशन बसेका थिए ।

चाैधरीलाई गृहमन्त्री थापाले अनसन तोडाउँदा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो र शरतसिंह भण्डारी पनि उपस्थित थिए ।

प्रकाशित मिति: Mar 16, 2018

प्रतिक्रिया दिनुहोस्