Logo
३ आश्विन २०८१, बिहीबार
(March 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली र पूर्वराजाका सल्लाहकार सिंहबीच गोप्यवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भरतकेशर सिंहबीच शुक्रबार बिहान गोप्यवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा ओली र सिंहबीच गोप्यवार्ता भएको हो । उनी राजतन्त्रकालमा पूर्व राजा ज्ञानेन्द्र शाहका मानार्थ शाही पाश्ववर्ती रहेका र हाल सल्लाहकारको भूमिकामा रहेका मेजर जनरल हुन् ।

विश्व हिन्दू महासंघको अन्तर्राष्ट्रिय समितिको हैसियतमा प्रधानमन्त्री ओलीसँग भेटका लागि प्रधानमन्त्री निवास महासंघको टोलीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटको प्रयोजन नेपाल आउन लागेका गोवर्धन मठ पुरीका शंकराचार्यको नेपाल भ्रमणबारे छलफल थियो ।

सो मठका शंकाराचार्य निश्चलानन्द सरस्वती २ जेठमा नेपाल आउँदैछन् । निश्चलानन्द सरस्वती तिनै शंकराचार्य हुन्, जसले जिम्मेवारी सम्हालेको २५ वर्ष पुगेको उपलक्ष्यमा माघ अन्तिम साता उडिशा (भारत) मा पूर्वराजा ज्ञानेन्द्र शाहको प्रमुख आतिथ्यतामा अभिषेक कार्यक्रम भएको थियो ।

निश्चलानन्द सरस्वतीले शंकराचार्यको जिम्मेवारी सम्हालेको २५ वर्ष पुगेको उपलक्ष्यमा भएको सो कार्यक्रममा भाग लिन गएका महासंघका अध्यक्ष सिंह र महासचिव अस्मिता भण्डारीमार्फत् ओलीले एमालेको अध्यक्षको हैसियतमा नेपाल भ्रमणको निम्तो पठाएका रहेछन् ।

३ जेठमा शंकराचार्य निश्चलानन्द सरस्वती नेपाल आउने भएपछि उनको सुरक्षा, बसोबास र भ्रमणको व्यवस्था मिलाउने र उनी उपस्थित अन्य कार्यक्रममा पनि सरकारको सहभागिताका लागि छलफल गर्न अध्यक्ष सिंह र महासचिव भण्डारी प्रधानमन्त्री निवास पुगेका थिए ।

नेपाल भ्रमणको चाँजो मिलाउन ‘एडभान्स्ड टिम’ का रुपमा नेपाल आएका शंकराचार्यका राष्ट्रिय प्रभारी पिसी झा र सचिव सुरेशकुमार सिंहपनि अध्यक्ष सिंह र महासचिव भण्डारीसँगै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

बालुवाटार पुगेका उनीहरुले शंकराचार्यले नेपाल भ्रमण गर्न लागेको जानकारी गराए, प्रधानमन्त्री नबन्दै एमाले अध्यक्षका हैसियतमा ओलीले शंकराचार्यलाई नेपाल भ्रमण गर्न दिएको निम्तोबारे पनि स्मरण गराउँदै भ्रमणको उचित प्रबन्धका लागि अनुरोध गरे ।

प्रकाशित मिति: Mar 16, 2018

प्रतिक्रिया दिनुहोस्