Logo
७ मंसिर २०८१, शुक्रबार
(March 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाललाई अध्यागमन सुरक्षामा सहयोग गर्न अमेरिका तयार 

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले अध्यागमनका सुरक्षा सम्बन्धी विषयमा अमेरिका सरकार नेपाललाई सहयोग गर्न तयार रहेको बताएकी छन् । साथै, उनले अमेरिकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन हुनुु पर्ने समेत उनले बताएकी छन् ।

बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग शिष्टचार भेटवार्ता गर्दै उनले भनिन्, ‘अमेरिकी सरकारले नेपालमा अध्यागमन सुरक्षा सम्बन्धी विषयमा सहयोग गर्न चाहेको छ ।’ राजदूतले मानव तस्करी नियन्त्रण, भुटानी शरणार्थी, तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा पनि चासो राखेकी थिइन् ।

गृह मन्त्रालयमा भएको भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रीत रहेर छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । जवाफमा मन्त्री थापाले ती विषयहरुमा मन्त्रालयले अध्ययन गरिरहेको र अध्ययनको निष्कर्षको आधारमा भविष्यमा निर्णय लिइने बताएका छन् ।

प्रकाशित मिति: Mar 15, 2018

प्रतिक्रिया दिनुहोस्