Logo
१० मंसिर २०८१, सोमबार
(March 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चको वेबसाइटबाट हटाइयो गोपाल पराजुलीको नाम, उक्त ठाउँमा जोशीको विवरण

काठमाडौं : सर्वोच्च अदालतको वेबसाइटबाट पदमुक्त घोषणा गरिएका प्रधान न्यायाधीश गोपाल पराजुलीको तस्बिर हटाइएको छ । वेबसाइटको होमपेजमा उनको तस्बिर राखिएको ठाउँमा कायममुकाय प्रधान न्यायाधीश दीपकराज जोशीको तस्बिर राखिएको छ ।

कायममुकाय प्रधान न्यायाधीश दीपकराज जोशीले बिहीबार मुददाको दैनिक पेसी र इजलास तोकेसँगै पराजुलीको तस्बिर झिकेर उक्त ठाउँमा जोशीको विवरण राखिएको हो । होमपेजबाट पराजुलीको तस्बिर हटाइए पनि भित्र भने अहिले पनि प्रधान न्यायाधीशमा पराजुलीकै नाम तथा तस्बिर राखिएको छ । बिहीबार न्यायपरिषद्का सचिवले पराजुली पदमुक्त भइसकेको पत्र जारी गरेका थिए।

प्रकाशित मिति: Mar 15, 2018

प्रतिक्रिया दिनुहोस्