Logo
३ आश्विन २०८१, बिहीबार
(March 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीयता कार्यान्वयनका लागि तत्काल कानुन निर्माणमा लाग्न आग्रह

काठमाडौँ : पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले संघीयता कार्यान्वयनको पहिलो शर्त अनुरुप कानुन निर्माण भएको बताएका छन् । काठमाडौंमा आयोजित प्रदेश सांसदहरुको परिचयात्मक कार्यक्रममा वोल्दै पुर्वमन्त्री जनार्दन शर्मा प्रभाकरले संघीयता कार्यान्वयनका लागि तत्काल आवश्यक कानुन निर्माणमा लाग्न प्रदेशसभा तथा सरकारलाई आग्रह गरे ।

अझै पनि संघीयता सफल हुन्छ कि हुन्न भन्ने मान्छेहरु भएको वताउदै पुर्वमन्त्री प्रभाकरले संघीयताको कार्यान्वयनमा दृढताका साथ लाग्नुपर्ने बताए । कर्णाली प्रदेशका जनताले संघीयता र गणतन्त्र निर्माणका लागि सवैभन्दा ठुलो त्याग र वलिदान गरेका कारण संघीयता कार्यान्वयनको नेतृत्व लिन पनि कर्णाली प्रदेशलाई सहज हुने उनको भनाई छ ।

कर्णाली प्रदेशमा जस्तो सुकै अभाव र कठीनाई भोग्न सक्ने तथा राजनीतिक रुपमा सचेत श्रमशील जनताको साथ रहेको भन्दै समृद्धिको योजना कार्यान्वयन गर्न सजिलो रहेको पुर्वमन्त्री शर्माले बताए। उनले कर्णालीको समृद्धिको लागि पानी, पर्यटन र जडिवुटी नै प्रर्याप्त रहेको बताए । त्यसका लागि कुशल नेतृत्वको आवश्यकता रहेको वताउदै जनप्रतिनिधिहरुले त्यो भूमिका पूरा गर्नुपर्ने उनले बतए ।

परिचयात्मक कार्यक्रममा वोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णालीको समृद्धिका लागि आफुहरु गैटी वेल्चा बोक्नु परे तयार रहेको बताए । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई क्षतिपुर्ती सहीतको वजेट आवश्यक रहेको बताउँदै त्यसका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने साँसदहरु खरो रुपमा लाग्नुपर्ने आवश्यकता औँल्याए ।

यसैगरी नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका मुख्य नेता यमलाल कँडेलले तत्काल कर्णाली प्रदेशका लागि राजश्व संकलन तथा आम्दानीका अन्य श्रोत न्युन रहेको भन्दै केन्द्र सरकारले वजेट विनियोजनमा विशेष ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति: Mar 14, 2018

प्रतिक्रिया दिनुहोस्