Logo
३ आश्विन २०८१, बिहीबार
(March 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७१ यात्रु सवार विमान काठमाडौं विमानस्थलमा दुर्घटनाग्रस्त, ४९ को शव निकालियो

काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा भएको छ । अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ । बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको हो । विमानमा रहेका १४ जनाको उद्धार गरिएको छ ।

विमानमा लागेको आगो नियन्त्रणमा दिने प्रयास जारी छ । विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए । बंगलादेशको ढाकाबाट आउँदै गरेको उक्त विमान अवतरणका क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको नागरिक विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पुष्टि गरे ।

विमानमा चालकदलका ४ सदस्यसहित ७१ जना सवार रहेको जानकारी आएको छ ’, उनले भने, ‘आगलागी भएको जहाजबाट १४ जना यात्रुलाई बाहिर निकालेर उपचारका लागि पठाइएको छ ।’ अहिले घटनास्थलमा नेपाली सेवा, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै उपत्यकामा उपलब्ध सबै एम्बुलेन्स आगलागी नियन्त्रणका लागि खटिएका छन् ।

त्रिभुवन विमानस्थलमा ढाकाबाट आएको युएस बंग्लाको एक विमानमा लागेको आगलागी नियन्त्रणमा आए पनि विमान लगभग पूर्ण रुपमा क्षति भएको र विमानभित्रका ठूलो संख्याका यात्रुको ज्यान गएको सुरक्षा स्रोतले जानकारी दिएको छ।

सुरक्षा स्रोतले करिब ५० यात्रुको ज्यान गएको जानकारी दिएको छ। मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने समेत सुरक्षा स्रोतले जानकारी दिएको छ । गम्भीर घाइते भएका आधा दर्जनजति यात्रुलाई एम्बुलेन्समा राखेर अस्पतालतर्फ लगिएको स्रोतले जानकारी दिएको छ । अन्य यात्रुहरुलाई उद्धार गरिने प्रयास जारी रहेको सुरक्षाकर्मीहरुले जानकारी दिएका छन् ।

https://youtu.be/QC6bL-WCu8w

प्रकाशित मिति: Mar 12, 2018

प्रतिक्रिया दिनुहोस्