Logo
४ आश्विन २०८१, शुक्रबार
(March 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिईरहंदा राजपाले पनि समर्थन गर्ने

काठमाडौँ : राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने भएको छ । आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा आफूहरुले पक्षमा मतदान गर्ने पार्टीका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उहाँले संविधान संशोधनमा र प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको मुद्दाका विषयमा पनि सरकारसँग सकारात्मक छलफल भइरहेको बताउनुभयो ।

सदस्य यादवले छ प्रदेशमा वाम गठबन्धनको र प्रदेश २ मा आफूहरुको सरकार गठन भइसकेको अवस्थामा सोहीबमोजिम अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

सबै तहको निर्वाचन भई मुलुक अगाडि बढेकाले समृद्धिमा सबैको ध्यान जानुपर्नेमा जोड दिँदै उहाँले संघीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । रासस

प्रकाशित मिति: Mar 10, 2018

प्रतिक्रिया दिनुहोस्