Logo
४ आश्विन २०८१, शुक्रबार
(March 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ शक्ति र विवेकशील साझा पार्टीबीच एकता तयारी

काठमाडौं : पुर्व प्रधानमनत्री डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपाल र रवीन्द्र मिश्र संयोजक रहेको विवेकशील साझा पार्टीबीच पार्टी एकता हुने भएको छ । स्रोतका अनुसार उनीहरु छिट्टै पार्टी एकता गरि आगामी एक वर्षभित्र महाधिवेशन गर्ने रणनीतिमा छन् ।

भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति र मिश्र संयोजक रहेको विवेकशील पार्टीले गत प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा अपेक्षित नतिजा हाथ पार्न नसकेपछि नयाँ रणनीतिका साथ आगाडी बढ्ने तयारी थालेका छन् । स्रोतका अनुसार, चुनावमा अप्रत्यासित जित हासिल गरेपछी एमाले अधिनायकवाद तर्फ अग्रसर भएको आरोप भट्टराईले लगाएका छन् ।

भट्टराईको भनाई उदृत गर्दै श्रोतले भन्यो; एमालेले प्रतिपक्षलाई कुनैपनि भूमिकामा नराखी आगाडी बढ्न खोजेको छ त्यसैले हामी एकता गर्छौ र सदनमा नभएपनि सडकबाटै शसक्त प्रतिपक्षको भूमिका हुन्छौ ।

नयाँ शक्तिले प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधि सभामा १ सिट र प्रदेशमा २ सिट पाएका थिए भने मिश्र काठमाडौं १ बाट उम्मेदवार भए जित भने हात पार्न सकेन । समानुपातिक तर्फ भने नयाँ शक्ति भन्दा विवेकसीलले ३ गुण मत पाएको थियो । यि दुवै पार्टी राष्ट्रिय पार्टी भने बन्न सकेनन् ।

प्रकाशित मिति: Mar 10, 2018

प्रतिक्रिया दिनुहोस्