Logo
४ आश्विन २०८१, शुक्रबार
(March 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरम संसदीय दलको नेतामा अध्यक्ष यादव सर्वसम्मत

काठमाडौं : संघीय समाजवादी फोरम नेपालको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत चयन भएका छन् ।

यादवलाई संसदीय दलको नेताका लागि महासचिव रामसहाय यादवले प्रस्ताव गरेका थिए । बुधबार अपराह्न तिनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नेता चयन गरेको हो ।

प्रस्तावमा सबैले सहमति जनाएको सांसद प्रदीप यादवले जानकारी दिए । फोरमले मंगलबारमात्रै वाम गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको थियो ।

यद्यपी गठबन्धनसँग लिखित सहमति हुन बाँकी छ ।
संविधान संशोधन र मधेसमा मुद्दा सम्बोधन हुने ग्यारेन्टी भएपछि फोरम सरकारमा जाने तयारीमा छ ।

प्रकाशित मिति: Mar 7, 2018

प्रतिक्रिया दिनुहोस्