Logo
४ आश्विन २०८१, शुक्रबार
(March 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद भएपछि नवीना लामाले अनेरास्ववियू छाड्दै

काठमाडौं :  अनेरास्ववियूका अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सांसद भएपछि संगठनको पुनर्गठन गरिने भएको छ । लामा समानुपातिकतर्फबाट सांसद बनेकी हुन् । एकै व्यक्ति दुई पदमा बस्न नहुने पार्टीको नियमअनुसार लामा अनेरास्ववियूको नेतृत्व छाड्ने तयारीमा छिन् ।

माओवादी केन्द्रसँग एमालेको पार्टी एकता हुन लागेकाले आफ्ना भ्रातृ संगठनको महाधिवेशन एमालेले रोकेपछि लामाले केन्द्रीय कमिटी बैठकबाट नेतृत्व हस्तान्तरण गर्न लागेको अनेरास्ववियूका उपाध्यक्ष महेश बर्तौलाले बताए । ‘अध्यक्ष लामाको कार्यकाल सकिएको छ र प्रतिनिधिसभाको सदस्यमा समेत निर्वा्चित हुनुभएको छ’ उपाध्यक्ष बर्तौलाले भने,‘केही दिनअघि अखिलको स्थायी कमिटी बैठकमा समेत उहाँले आफू प्रतिनिधिसभाको सदस्यको भइसकेको अवस्थामा नेतृत्व हस्तान्तरण गर्न कुरा बताउनुभएको थियो ।’

अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)बीच तत्काल एकता पनि सम्भव नहुने भएपछि संगठनलाई चलायमान बनाउन लामाले नेतृत्व छाड्न लागेकी हुन् । विसं २०७२ माघ २८ गते अनेरास्ववियूको २२ आँ राष्ट्रिय महाधिवेशन भएको थियो । दुई वर्ष कार्यकाल रहेको केन्द्रीय कमिटीको समयावधि सकिएको छ । लामाले नेतृत्व छाडेपछि संगठनका उपाध्यक्ष बर्तौला र रश्मि आचार्य, महासचिव ऐन महर र सचिव सुदेश पराजुली नयाँ नेतृत्वको दौडमा छन् । रासस

प्रकाशित मिति: Mar 7, 2018

प्रतिक्रिया दिनुहोस्